सुन्दरहरैचामा सवारी दुर्घटना, दुई जना घाइते

Newslaya Home

सुन्दरहरैचामा सवारी दुर्घटना, दुई जना घाइते

बिहीबार १६, असोज २०७६

सुन्दरहरैचा । सुन्दरहरैचा–७ ठडियामा बोलेरो र मोटरसाइकल एकआपसमा जुद्दा दुर्घटना भएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप आपसमा ठोक्किदा दुर्घटना भएको एक नम्बर प्रदेश ट्राफिक कार्यलयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडी सवार दुवै घाइते भएको प्रहरिले जनाएक छ । घाइते दुवैलाई उपचारको लागि विराटागर स्थित न्युरो अस्पताल लगिएको छ । घाइतेको नाम र ठेगाना भने खुलाइएको छैन । प्रहरीले दुवै सवारी साधन प्रहरी चौकी गछियाको नियन्त्रणमा राखेको छ ।