देशभरका बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने

Newslaya Home

देशभरका बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने

बिहीबार १६, असोज २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी समेत गराउने भएको हो ।