जनकपुरमा एक युवतीको विभत्स हत्या

Newslaya Home

जनकपुरमा एक युवतीको विभत्स हत्या

बिहीबार १६, असोज २०७६

जनकपुर । जनकपुरमा एक युवतीको विभत्स हत्या भएको छ । गौशाला नगरपालिका–१० स्थित थापाटोलकी २२ वर्षीया गोरकी भनिने शर्मिला सिंह दनुवारको बिभत्स हत्या भएको हो।

जन्मजात सुस्त–मनस्थितिकी शर्मिलाको शव बिहीबार बिहान गाउँदेखि पूर्व मडाहा खोला नजिक नत्थु आलेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

शर्मिला राम्रोसँग बोल्न र आफ्नो कपडासमेत लगाउन नसक्ने थिइन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यकाअनुसार शवको प्रकृति हेर्दा बलात्कारपश्चात् हत्या भएको हो । शर्मिलाको शव हात, मुख र घाँटी बाधिएको अवस्थामा नग्न अवस्थामा फेला परेको आचार्यले बताए ।

आचार्यले प्रकृति मुचुल्कापछि शव पोस्टमार्टमको लागि महोतरी जिल्ला अस्पताल जलेश्वर पठाइएको बताए ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । पोस्टमार्टमपछि प्राप्त रिपोर्ट, प्रमाण तथा संकेत र सुराकीको आधारमा हत्याको अनुसन्धान गरिने उनले जनाए ।