बीपीमा निमित्त उपकुलपति खनाल बने कार्यबाहक उपकुपलति

Newslaya Home

बीपीमा निमित्त उपकुलपति खनाल बने कार्यबाहक उपकुपलति

बिहीबार १६, असोज २०७६

धरान । सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यवाहक उपकुलपतिमा डा. गुरु प्रसाद खनाललाई नियुक्त गरेको छ ।

सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले डा.खनाललाई कार्यवाहक उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि डा.खनाल निमित्त उपकुलपति मात्र थिए । सिमित अधिकार मात्र तोकेर निमित्त उपकुलपति बनाइएको कारण उनी कामचलाउ मात्र थिए । तत्कालिन उपकुलपति डा.राजकुमार रौनियारलाई रंगेहात घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि डा.खनाल निमित्त उपकुलपति भएका थिए ।