९५ वर्षको उमेरमा पनि घर बनाउन व्यस्त अमेरिकी पूर्व राष्ट्रपति कार्टर

Newslaya Home

९५ वर्षको उमेरमा पनि घर बनाउन व्यस्त अमेरिकी पूर्व राष्ट्रपति कार्टर

बिहीबार १६, असोज २०७६

सन् १९७७ देखि १९८१ सालसम्म अमेरिकाको राष्ट्रपति बनेका जिमी कार्टर गत मंगलबार ९५ वर्ष पुगे । यस अवसरमा उनले आफ्नो निवास जर्जियामा कुनै कार्यक्रम आयोजन गरेनन् ।

उनी यस उमेरमा पनि कुनै थकाइ महसुस गर्दैनन् । उनी निरन्तर गरिबी जनताको जीवन उकास्न काम गरिरहने समाचारमा जनाइएको छ । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाको विभिन्न स्थानमा पुगेर पछिल्लो ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आएका छन् ।

१ अक्टोबर १९२४ सालमा जन्मेका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति बनेका छन् । उनी पहिले यो रेकर्ड जर्ज एच.डब्लू. बुशको नाममा रहेको थियो । बुशको निधन ९४ वर्ष १७१ दिनको उमेरमा निधन भएको थियो ।