विराटनगरमा श्रीमानद्वारा श्रीमतीको टाउकोमा प्रेसर कुकुर प्रहार

Newslaya Home

विराटनगरमा श्रीमानद्वारा श्रीमतीको टाउकोमा प्रेसर कुकुर प्रहार

बिहीबार १६, असोज २०७६

विराटनगर । विराटनगर महानगरपालिका–१ बुद्धचोकमा एक श्रीमानले आफ्नै श्रीमतीमाथि प्रेसर कुकर प्रहार गरेका छन् । ५८ वर्षीय बाबुराम भट्राईले प्रेसर कुकर प्रहार गर्दा श्रीमती ५३ वर्षीय मञ्जु भट्राई गम्भीर घाइते भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा चोट लागेकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सामान्य घरयासी विवादमा बाबुरामले श्रीमतीको टाउकोमा प्रेसर कुकर प्रहार गरेको बताए पनि कस्तो विवाद हो भन्ने बारेमा खुलाएको छैन ।

घटनापछि फरार रहेका बाबुरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।