ताप्लेजुङ्गमा पुलबाट खसेर एक जनाको मृत्यु

Newslaya Home

ताप्लेजुङ्गमा पुलबाट खसेर एक जनाको मृत्यु

बिहीबार १६, असोज २०७६

ताप्लेजुङ्ग । ताप्लेजुङ्गको मैवाखोला गाउँपालिका–३ साँघुको भस्मे खोल्साको काठको पूलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ कामबाट फर्किने क्रममा पुलबाट खसेर २९ वर्षीय सुरेन्द्र तामाङको मृत्यु भएको हो । उनलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेसँगै कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।