झापामा एक कामदारको करेन्ट लागेर ज्यान गयो

Newslaya Home

झापामा एक कामदारको करेन्ट लागेर ज्यान गयो

बिहीबार १६, असोज २०७६

झापा । बिर्तामोड नगरपालिका–१ मा रहेको स्टिल फ्याक्ट्रीका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहानको समयमा फ्याक्ट्रीमा काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका काजी दाषको झापाकै बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भारतको सिलगुडी घर भएका ३२ बर्षीय काजी दास विगत लामो समय देखि नै स्टिल फ्याक्ट्रीमा काम गर्दै आएका थिए ।

घटनास्थलमा प्रहरीको टोली पुगेर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।