रिक्त रहेको सभामुख पदमा नेम्वाङको आकांक्षा बढ्दै

Newslaya Home

रिक्त रहेको सभामुख पदमा नेम्वाङको आकांक्षा बढ्दै

बिहीबार १६, असोज २०७६

काठमाडौं । संविधान सभाको दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि रुचि देखाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आफ्नो रुचिबारे जानकारी गराए पछि नेम्वाङलाई नै उक्त भूमिकामा उतार्न खाजिएको स्रोतको दाबी रहेको छ । नेकपाभित्र पनि पूर्व माओवादी केन्द्रबाट अग्नि सापकोटा र ओनसरी घर्तीले समेत रुचि देखाएका छन् ।

संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था भएकाले यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारका बारेमा पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास रहेको छ ।
सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि सभामुख महराप्रति ओली पनि रुष्ट बनेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेम्वाङलाई नै रुचाएको बुझिए पछि सभामुखमा उनले नै बाजी मार्ने अड्कलबाजी गर्न थालिएको छ । नेम्वाङले निवर्तमान सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणीमा फसेपछि संघीय संसदमा रिक्त सभामुख पदको लागि आफ्नो रुचि देखाएका हुन् ।

 

1 प्रतिकृयाहरू प्राप्त
  • Suryaलेख्नुहुन्छ
  • |
  • बिहीबार १६, असोज २०७६
thiek xa suvash nembang jasto sersha neta savamukh huna uchit hunxa...