झापाको मेचीनगर क्षेत्रमा चितुवा आक्रमण बढ्दै

Newslaya Home

झापाको मेचीनगर क्षेत्रमा चितुवा आक्रमण बढ्दै

बिहीबार १६, असोज २०७६

झापा । झापाको मेचीनगर क्षेत्रमा चितुवाको आक्रमण बढ्न थालेको छ ।

केही दिन देखि चितुवाकै आक्रमणबाट घरपालुवा जन्तु मारिन थालेको स्थानीयले बताएका छन् । मेचीनगर-७ को राज चिया बगान आसपास सुँगुर र बाख्रा मारिएको स्थानीयले जानकारी गराएका हुन् ।

सोही बस्तीका सन्तोष सुब्बाले पालेको सुँगुर खोरमै मारिए पछि स्थानीयले गाउँमा चितुवाको आतंक बढेको भन्दै वन कार्यलयमा जानकारी समेत गराएका थिए ।

स्थानीयले रातको समयमा चितुवालाई आफूले प्रत्यक्ष देखेको बताए पछि त्यसबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयका डीएफओ विष्णुलाल घिमिरेले बताएका हुन् ।
झापा क्षेत्रमा हात्ती पाइने भए पनि चितुवा यस क्षेत्रमा नभएको भन्दै भारतीय जंगल तथा इलाम नजिकको चुरे क्षेत्रबाट आएको हुन सक्ने आशंका गरिएको छ ।