धरानको सडक दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु

Newslaya Home

धरानको सडक दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु

बिहीबार १६, असोज २०७६

धनकुटा । धरानको लक्ष्मीचौकमा सडक दुर्घटनामा परी घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका धनकुटा नगरपालिका–६ आत्मारामा पसल गर्दै आएका ३८ बर्षीय गुरुप्रसाद भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो । को १ ख ४६७९ नम्बरको बोलेरो पिकअप लिएर सामान खरिद गर्न धरान झरेका भट्टराई फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

धरानको लक्ष्मीचौक स्थित तिब्र गतिमा आएको बा ४ ख ९२५ नम्बरको बसले सडकमा लत्रिएको बिजुलीको तार सोर्दा पिकअपको छतमा रहेको भट्टराई अचानक सडकमा खसेका थिए ।
टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएको र सोही क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

Image result for करेन्ट