धनकुटाको गढिगाउँ स्थित ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

Newslaya Home

धनकुटाको गढिगाउँ स्थित ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु

बिहीबार १६, असोज २०७६

धनकुटा । धनकुटाको गढिगाउँ स्थित ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मंगलवार रातको समयमा चौबिसे गाउँपालिका ३ घर भएका १७ बर्षीय लक्ष्मण तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।
तमर नदीबाट बालुवा बोकेर मुढे तर्फ जाँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका तामाङको वि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको र ट्याक्टर चालकलाई नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।