फिल्म वारले पहिलो दिनमा कमायो ४० करोड भारु

Newslaya Home

फिल्म वारले पहिलो दिनमा कमायो ४० करोड भारु

बिहीबार १६, असोज २०७६

काठमाडौं । बुधवार सार्वजनिक भएको फिल्म ‘वार’ ले पहिलो दिननै ४० करोड भारुको व्यापार गरेको छ । फिल्मको बजेट लगभग २०० करोड भारु छ ।

बक्स अफिसमा वारले दक्षिणी फिल्म साय रा नरसिंहा रेड्डी र हलिउड फिल्म जोकरसँग टक्कर लिइरहेको छ । फिल्ममा हृत्तिक र टाइगरको एक्सन र डान्स मुभको प्रशंसा भएको छ । निर्देशन सिद्धार्थ आनन्दले गरेका छन् भने आदित्य चोपडाले यसको निर्माण गरेका हुन् ।