चीनमा सामसङको उत्पादन बन्द

Newslaya Home

चीनमा सामसङको उत्पादन बन्द

बिहीबार १६, असोज २०७६

काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले चीनमा आफ्नो मोबाइल उत्पादन बन्द गरेको छ । बुधवार कम्पनीले स्थानीय निर्मातासँग प्रतिस्पर्धा बढेसँगै चीनको मोबाइल उत्पादन बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

पछिल्लो समय सामसङले चीनमा रहेको आफ्नो केही मोबाइल कारखानाको उत्पादन घटाउँदै लगेको थियो । चीनमा बढ्दो ज्याला र आर्थिक सुस्तीसँगै अन्य कम्पनीले पनि आफ्नो उत्पादन चीनबाट अन्यत्र सार्ने क्रम चलिरहेको अवस्थामा सामसङको यस्तो निर्णय आएको हो ।

दक्षिण कोरियाली सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार सन् २०१७ मा सामसङले चीनमा ६ हजार रोजगारी सृजना गर्नुका साथै ६ करोड ३० लाख थान स्मार्टफोन उत्पादन गरेको थियो । सामसङले अहिले आफ्नो स्मार्टफोन उत्पादन कम आयस्तर भएका भारत, भियतनामजस्ता मुलुकमा बढाइरहेको छ ।