झापाको गरामनीबाट पाँच लाखको अबैध कपडा बरामद गरियो

Newslaya Home

झापाको गरामनीबाट पाँच लाखको अबैध कपडा बरामद गरियो

बिहीबार १६, असोज २०७६

झापा । बिर्तामोड नगरपालिका-७ गरामनीबाट पाँच लाख बराबरको लत्ता कपडा बरामद गरिएको छ ।

झापाको भद्रपुरबाट बिर्तामोड तर्फ आउँदै गरेको मे १ ज १७४६ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा अन्दाजी ५ लाख बराबरको कपडा बरामद भएको हो ।
बरामद भएका साडी, मर्फिनको कपडा तथा सुतीको दरी साथै गाडी समेत आवश्यक अनुसन्धानका लागि क्षेत्रीय राजश्व अनुसन्धान कार्यालय ईटहरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।