महरा काण्डमा लाज मान्दै विवेकशीलका शशीले अनुहारमा दले कालोपोतो र लगाए जुत्ताको माला

Newslaya Home

महरा काण्डमा लाज मान्दै विवेकशीलका शशीले अनुहारमा दले कालोपोतो र लगाए जुत्ताको माला

बिहीबार १६, असोज २०७६

काठमाडौं । महरा काण्डमा लाज मान्दै विवेकशील नेपाली दलका केन्द्रीय सदस्य शशीविक्रम कार्कीले आफ्नो अनुहारमा कालोपोतो तथा जुत्ताको माला लगाएका छन् । उनले आफूले आफूलाई प्रश्न गर्दै जुत्ताको माला लगाएको बताएका छन् ।

उनले समग्र नेपालीलाई पनि आफ्नो अनुहारमा कालो पोतेर जुत्ताको माला लगाउन आग्रह गरेका छन् ।

उनले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा भनेका छन् –हामीले यो देशमा राजतन्त्र हटायौं । किन हटायौं किनकि राजाहरु नागरिक भन्दा माथि हुन्थे । अबको समयमा कोही पनि निश्चित परिवारमा जन्मेकै आधारमा माथि र तल हुनु हुन्न ।’

देशमा हुने यस्ता विकृतिपूर्ण घटनाको सम्बन्ध संसद, जनमत, भोट लगायतमा हुने भन्दै यतातर्फ आफूले कुनै भूमिका खेल्न नसकेको भन्दै आफूलाई गैरजिम्मेवार ठान्दै अनुहारमा कालोपातो लगाएको बताएका छन् ।