बढ्यो सुनचाँदीको भाउ

Newslaya Home

बढ्यो सुनचाँदीको भाउ

बिहीबार १६, असोज २०७६

काठमाडौं । बिहीवार सुनचाँदीको भाउ बढेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, बिहीवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।