विश्व आदर्श कलेजका विद्यार्थी एस्ट्रोनोमी ओलम्पियाडमा

Newslaya Home

विश्व आदर्श कलेजका विद्यार्थी एस्ट्रोनोमी ओलम्पियाडमा

बिहीबार १६, असोज २०७६

इटहरी । इटहरीस्थित विश्वआदर्श कलेजका विद्यार्थी रोमानियामा हुन लागेको एस्ट्रोनोमी ओलम्पियाडमा सहभागि हुने भएका छन् । कलेजमा पढ्ने यमन आचार्यसँगै नेपालबाट पाँच जना विद्यार्थीहरु २४ औं अन्तर्राष्ट्रय एस्ट्रोनोमी ओलम्पियाडमा भाग लिन जाने भएका हुन् ।

अक्टोबर १८ देखि २७ तारेखसम्म चल्ने कार्यक्रममा भाग लिन देशभरका विद्यार्थीहरुले परिक्षा दिएका थिए । विहीबार कलेजमा आयोजित एउटा कार्यक्रमका बिच उनलाई सम्मान गरिएको हो । रोमानिया जान कलेजले २५ हजार रुपैयासमेत सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा पुल्चोक इन्जिनियरिङ कलेजमा नाम निकाल्ने कलेजका विद्यार्थी सुशान्त पौडेल, ए प्लस अध्ययन गर्न गइरहेका बिबेक लिम्बु, प्रसुन गौतम, चन्द्रप्रकाश सिग्देल र सागर अधिकारीलाईसमेत सम्मान गरिएको थियो ।

यस्तै इण्डोनेसियामा कार्यपत्र प्रस्तुतीको लागि जान लागेका शिक्षक युवराज घिमिरेलाईसमेत सम्मान गरिएको थियो ।
कलेजका अध्यक्ष लेखनाथ घिमिरे, प्रिन्सिपल गणेश दुलाललगायतले सहभागिहरुलाई फूलमाला तथा मायाको चिनो दिएका थिए ।