जमेको पानीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

Newslaya Home

जमेको पानीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

बिहीबार १६, असोज २०७६

झापा । दमक नगरपालिका स्थित जमेको पानीमा करेन्ट लाग्दा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ ।

मंगलबार रातको समयमा आफ्नै घर अगाडी नालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा दमक नगरपालिका-५ का ४० बर्षीय चिन्टु माझीको ज्यान गएको हो ।
करेन्ट लगाई माछा मार्ने क्रममा चिप्लिएर पानीमा लडेकै बेला करेन्ट लाग्दा घाईते भएका माझीको दमकको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।