अमेरिकामा विमान दुर्घटना हुँदा सातजनाको मृत्यु

Newslaya Home

अमेरिकामा विमान दुर्घटना हुँदा सातजनाको मृत्यु

बिहीबार १६, असोज २०७६

काठमाण्डौ । अमेरिकाको केनाटिकटमा लडाकु विमान दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । केनाटिकट राज्यको विमानस्थलमा विमान दुर्घटना भएको हो ।

भिन्टेज बोइङ बी–१७ विमानमा १३ जना सवार थिए । स्थानीय समय अनुसार बुधबार बिहान हार्टफोर्डको बाहिरी क्षेत्रमा दुर्घटना भएको हो । सो विमान सर्वसाधारणको प्रयोगका लागि दर्ता भएको र अमेरिकी आर्मीले नचालएको उड्डयन अधिकारीले बताएका छन् ।