महात्मा गान्धीको हत्याराको पक्षमा ट्रेन्डिङ

Newslaya Home

महात्मा गान्धीको हत्याराको पक्षमा ट्रेन्डिङ

बिहीबार १६, असोज २०७६

काठमाण्डौ । यतिबेला महात्मा गान्धीका हत्यारा नाथुराम गोडसे पक्षमा ट्वीटरमा ट्रेन्डिङ भइरहेको छ ।

महात्मा गान्धीको १५० औं जयन्तीमा बुधबार भारतमा गोडसे अमर रहुन् ह्यासट्याग ट्वीटरमा टप ट्रेन्ड गरिरहेको हो । ३० जनवरी सन् १९८४ मा महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने नाथुराम गोडसेलाई आत्महत्याको सजाय दिइएको थियो ।

गोडसे अमर रहुन् ह्यासट्यागसहित मानिसहरु मीम्स र चुटकिला सेयर गर्दै महात्मा गान्धीको आलोचना गरिरहेका छन् । कतिले यो ह्यासट्याग टप ट्रेन्डमा भएकोमा खुसी व्यक्त गरिरहेका छन् । यसमा पनि केही मानिसहरुले महात्मा गान्धीको तस्बिर प्रयोग गर्दै प्रयोग गर्दै मीम बनाइरहेका छन् ।

यद्यपि, यसै ह्यासट्याग प्रयोग गरेर ट्वीट गर्नेमा ती व्यक्ति पनि समावेश छन् जो महात्मा गान्धीको समर्थन गर्दै गोडसे अमर रहुन् ह्यासट्याग र नाथुराम गोडसेको प्रशंसा गर्नेहरुलाई निशानामा पारिरहेका छन् ।

कतिले महात्मा गान्धीलाइ अहिंसाको सिद्धान्तका लागि कायर बताइरहेका छन् भने कतिले यो ट्रेन्डको बहाना पारेर ‘लिबरल’ मानिसहरुमाथि व्यंग गरिरहेका छन् ।