तलब नदिएको भन्दै इनरुवा अस्पताल ठप्प

Newslaya Home

तलब नदिएको भन्दै इनरुवा अस्पताल ठप्प

बिहीबार १६, असोज २०७६

इनरुवा । दशैंको मुखमा तलब नपाएको भन्दै इनरुवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

मेडिकल सुपरिटेन्डेन्ट बिना शाक्यले आफ्नो मात्र तलब खाएर काठमाडौँ हिँडेको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । अस्पतालका स्वीपर अशोक मरिकले आफूहरुले चार महिना देखि तलब नपाएको बताए ।

करार र व्यवस्थापन समिति महताकका कर्मचारीले काम ठप्प पार्दा इनरुवा अस्पतालले दिने सेवा नै अहिले प्रभावमा परेको छ । ओपिडी सहितका सेवा ठप्प पारिएको विषयमा अस्पताल व्यवस्थापन समितिले भने असन्तुष्टि पोखेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द हडताल जायज नहुने भन्दै कर्मचारीहरूलाई काममा फर्किन समितिले आग्रह गरेको छ ।