‘हाउसफुल–४’ को ट्रेलरलाई चोरीको आरोप

Newslaya Home

‘हाउसफुल–४’ को ट्रेलरलाई चोरीको आरोप

बिहीबार १६, असोज २०७६

काठमाडौं । बलिउडका खेलाडी अक्षय कुमार स्टारर ‘हाउसफुल–४’को ट्रेलर रिलिजसँगै विवादमा फसकेको छ । यो फिल्मलाई संगीत चोरीको आरोप लागेको हो ।

बलिउड लाइफ डट कमका अनुसार ट्रेलर रिलिज भएकै दिन कयौंले संगीत चोरीको आरोप लगाएका छन् । जानकारी अनुसार ट्रेलरमा प्रयोग गरिएको ब्याकग्राउण्ड स्कोर चिरञ्जिवी स्टारर् ‘कैदी नम्बर १५०’को म्युजिक जस्तै छ । हाउसफुल–४ को ट्रेलरमा प्रस्तुत गरिएको म्युजिक संगीत निर्देशक देवीश्री प्रसादको हो ।

यो म्युजिकलाई संगीत निर्देशक देवीश्री प्रसादले ‘कैदी नम्बर १५०’को लागि दिएका थिए । सोही म्युजिकलाई ‘हाउसफुल–४’मा पनि प्रयोग गरिएको छ, तर देवीश्रीलाई क्रेडिट भने दिइएको छैन । यो म्युजिक ट्रेलरमा मात्रै प्रयोग गरिएको हो, या पूरै फिल्ममा प्रयोग गरिएको हो भन्ने विषयमा कुनै पनि जानकारी आएको छैन ।

दीवालीमा रिलिज हुन लागेको चलचित्रमा अक्षय कुमार, बाबी देओल, रितेश देशमुख, कृति सेनन, कृति खरबंदा, पूजा हेग्डे लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ ।