भारतसँगका ३२ प्रतिशत सीमास्तम्भ हराए

Newslaya Home

भारतसँगका ३२ प्रतिशत सीमास्तम्भ हराए

बिहीबार १६, असोज २०७६

काठमाडौं । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी वल नेपालको बोर्डर आउट पोष्टविस्तार गरिदै आए पनि सीमा स्तम्भ हराउने काम रोकिएको छैन ।

गृह मन्त्रालयको तथ्यांकअनुसार ८ हजार ५५३ वटा सीमा स्तम्भ हुनु पर्नेमा दुई हजार ७१६ स्तम्भ गायव छन् । नेपाल–भारत सीमा जोडिने स्थानमा ४५७ वटा सीमा स्तम्भ मात्रै राम्रो अवस्थामा रहेका छन् भने एक हजार ५५६ बढी क्षतिग्रस्त र दुई हजार ८१९ सामान्य क्षतिग्रस्त अवस्थामा रहेका छन् । हराएपछि बनाउने भनेका ४३७ वटा सीमा स्तम्भ बनाउने काम अघि बढेको छैन भने ४९६ मा निरीक्षणसमेत भएको छैन ।

नापी विभागका अनुसार भारतसँग नेपालको एक हजार ८८० र चीनसँग एक हजार ४१ किलोमिटर सीमा जोडिएको छ । भारत तर्फका विभिन्न सीमास्तम्भ कारणवश हराए पनि त्यसका प्वाइन्टबारे विभाग जानकारी रहेको नापी विभागले जनाएको छ ।