‘आमा’को फस्ट लुकमा यस्तो देखिइन् सुरक्षा

Newslaya Home

‘आमा’को फस्ट लुकमा यस्तो देखिइन् सुरक्षा

बिहीबार १६, असोज २०७६

काठमाडौं । चलचित्र ‘आमा’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीपेन्द्र के खनालले बिहीबार बिहान आफ्नो फेसबुक मार्फत तीन पोस्टर पोस्ट गर्दै चलचित्रको फस्ट लुक सार्वजनिक गरेका हुन् ।

चलचित्रमा सुरक्षा पन्त, देशभक्त खनाल, मिथिला शर्मा, सरिता गिरि, मनिष निरौला आदिको मुख्य भूमिका रहेको छ ।

सार्वजनिक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई दुई पोस्टरमा केश मुण्डन गरिएको देखाइएको छ ।

यस्तै अर्को एक पोस्टरमा भने उनीसँगै अभिनेत्री मिथिला शर्मालाई फिचर गरिएको छ । चलचित्रले आमाछोरीको सम्बन्धको कथा पेस गर्छ ।

चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।