चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

Newslaya Home

चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

बिहीबार १६, असोज २०७६

काठमाडौं । चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी शैलीको ट्रेलरमा पोइ काले पर्नुको पीडा देखाइएको छ ।

ट्रेलरमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् ।

यस्तै चलचित्रमा सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, राजाराम पौडेल लगायतका कलाकारले समेत अभिनय रहेको छ । निर्देशक राणाकै कथा रहेको यो चलचित्रलाई राजिव गुरुङ र सरोज नेपालीले निर्माण गरेका हुन् । चलचित्र आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।