मदिरा बनाउने ट्यांकीमा पाँच जनाको शव फेला

Newslaya Home

मदिरा बनाउने ट्यांकीमा पाँच जनाको शव फेला

बिहीबार १६, असोज २०७६

कलैया । बाराको फेंटा गाउँपालिकामा घरेलु मदिरा बनाउने टयांकीमा एकै परिवारका चार जना सहित पाँच जनाको शव फेला परेको छ ।

घरभित्रको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ती शव फेला परेको बाराका प्रहरीले जनाएको छ ।

उनीहरको मृत्यु के करणले भएको भन्ने कुरा पपोष्टमार्टम रिपोट पछि मात्र थाहा हुने बताइएको छ । उनीहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पताल लगिएको छ ।

घरेलु मदिरा बनाउनका लगि बिजुलीको करेन्ट लागेर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका छ । मृत्यु भएकाहरुको सनाखत भएको छ ।

मृत्यु हुनेमा फेटा गांउपालिका–७ बतराका करिब ४० वर्षिय जोग्गा मुखिया विन, उनका ३५ वर्षिय श्रीमती लालमुनि देवि, १२ वर्षिय छोरी सुमनि मुखिया, ३० वर्षिय भाइ महेन्द्र मुखिया विन र ५५ वर्षिय भारतीय नागरिक रहेका छन् ।