लुइस स्वारेजको गोलमा बार्सिलोना विजयी

Newslaya Home

लुइस स्वारेजको गोलमा बार्सिलोना विजयी

बिहीबार १६, असोज २०७६

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बुधबार राति घरेलु मैदानमा बार्सिलोनाले इन्टर मिलानमाथि २–१ को जित दर्ता गरेको हो ।

समूह एफ मा रहेको बार्सिलोना पहिलो खेलमा बराबरीमा रोकिएको थियो । बुधबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना सुरुमै इटालियन क्लब इन्टर मिलानबाट गोल खाएर पछि परेको थियो । दोस्रो मिनेटमा नै लउतारो मार्तिनेजले गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका हुन् ।

बार्सिलोनाले दोस्रो हाफमा दुई गोल गरेर विजयी भयो ।

बार्सिलोनाको जितमा लुइस स्वारेजले दुवै गोल गरे । ५८ औँ मिनेटमा बराबरी गोल फर्काएका स्वारेजले ८४ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।

जितपछि बार्सिलोनाको दुई खेलबाट चार अंक भएको छ । यो खेलमा लियोनल मेस्सी चोट मुक्त भएर मैदान फर्किए, तर गोल भने गर्न सकेनन् ।