बढ्यो अमेरिकी डलरको भाउ

Newslaya Home

बढ्यो अमेरिकी डलरको भाउ

बुधबार १५, असोज २०७६

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेर उच्च विन्दुमा पुगेको छ ।

विश्वभर सार्वजनिक भएका आर्थिक तथ्याङ्कहरुमा मध्ये अमेरिकी अर्थतन्त्र अन्य मुलुकको भन्दा राम्रो रहेकाले गर्दा अमेरीकी डलरमा वृद्धि भएको हो ।
डलरको भाउ बढेर २९ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।
यो साताको मुद्रा बजारमा अमेरिकी डलर बढ्दो क्रममा भए पनि अन्य मुलुकको मुद्राको भाउमा भने सुस्तता आउन सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

अस्ट्रेलियाको केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौति र उपभोक्ता करमा जपान सरकारले वृद्धि गर्नाले ति मुलुकका मुद्राको भाउमा समेत कमि आएको छ । अमेरिकी डलर वृद्धिको प्रभाव अन्य ठुला मुलुकहरुका मुद्रा पनि देखा पर्न थालेको छ । बुधबार युरो शुन्य दशमलव २ प्रतिशतले घट्न गई यो वर्षकै न्यून विन्दुमा झरेको छ ।