एसिडपीडित मुस्कानलाई अमिताभ बच्चनले दिए भिडियो सन्देशमार्फत हौसला

Newslaya Home

एसिडपीडित मुस्कानलाई अमिताभ बच्चनले दिए भिडियो सन्देशमार्फत हौसला

बुधबार १५, असोज २०७६

काठमाडौं । एसिड आक्रमणमा परेकी १५ वर्षीया मुस्कान खातुनलाई बलिउड स्टार अमिताभ बच्चनले भिडियो सन्देशमार्फत हौसला प्रदान गरेका छन् ।

सामाजिक अभियन्ता उज्ज्वलबिक्रम थापामार्फत बलिउड स्टार बच्चनले मुस्कानमाथिको जघन्य अपराध कसैलाई हुन नहुने र मुलुकको कानुन अनुसार दोषीलाई कारवाही गर्न अनुरोध गरेका छन् ।

गत भदौ २० गते वीरगञ्जमा तेजाब आक्रमणमा परेकी मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । तेजाब आक्रमणमा संलग्न दुई किशोर पक्राउ परेका छन् ।