पानी परेर खेल नभएपछि नेपाल र सिंगापुरले अंक बाँडे

Newslaya Home

पानी परेर खेल नभएपछि नेपाल र सिंगापुरले अंक बाँडे

बुधबार १५, असोज २०७६

काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र सिंगापुरसँग अंक बाँडेको छ ।

इण्डियन एशोसिएसन क्रिकेट मैदानमा बुधबार साझँ ५ बजेर १५ मिनेटमा सुरु हुने भनिएपनि सुरु हुनु भन्दा अघि नै मुसलधारे पानी परेको थियो । पानी रोकिने कुनै छाँटकाठ नदेखिएपछि दुबै टिमले १–१ अंक बाँडेका हुन् ।

नेपालले तीन खेलबाट तीन अंक बनाएको छ । एक खेलमा जित हात पारेको नेपालले दुई खेलमा हार ब्यहोरको हो । त्यस्तै, नेपालले वर्षाको कारण भने सिंगापुरसाग अंक बाड्नु पुग्यो ।

यसअघि भएको दुबै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । नेपालले यसअघि सिंगापुरविरुद्धको खेल भने सहजरुपमा जित हात पारेको थियो । कप्तान पारस खड्काको कीर्तिमानी शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो ।

सिंगापुरले अब जिम्बाब्वेसाग प्रतिस्पर्धा गर्नेछ ।

1 प्रतिकृयाहरू प्राप्त
  • Baburam poudelलेख्नुहुन्छ
  • |
  • बुधबार १५, असोज २०७६
J hos ramo xa nepal ko khail