नेपा:ले गर्यो १८ औं साधारणसभा

Newslaya Home

नेपा:ले गर्यो १८ औं साधारणसभा

बुधबार १५, असोज २०७६

इटहरी । नेपा: बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं साधारणसभा सम्पन्न भएको छ ।

प्रदेश १ कि उपसभामुख सरस्वती पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत लगायतको उपस्थिती रहेको थियो । साधारण सभाको अवसरमा संस्थाका विभिन्न सदस्य तथा उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विध्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाले वर्षभरी गरेका विभिन्न कार्यक्रमहरुको विवरण प्रस्तुत गरिएको थियो । संस्थाले वर्षभरीमा कुल आम्दानी २ करोड ५७ लाख रुपैया गरेको छ भने खर्च २ करोड ४७ लाख रुपैया गरेको छ । संस्थाले २८ लाख रुपैया नाफा गरेको छ । संस्थाले आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गर्ने संस्थाका अध्यक्ष चित्रमान प्रधानले जानकारी दिए ।