रोशनीले दिइन् प्रचण्ड र केपीको पनि भण्डाफोर गर्ने धम्की

Newslaya Home

रोशनीले दिइन् प्रचण्ड र केपीको पनि भण्डाफोर गर्ने धम्की

बुधबार १५, असोज २०७६

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आक्रोश व्यक्त गर्दै रोशनी शाहीले भण्डाफोर अभियानमा जाने चेतावनी दिएकी छिन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती करणीको गम्भीर आरोप लगाएकी शाहीले फेसबुक मार्फत यस्तो अभिव्यक्ती दिएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको समेत राजीनामा माग गर्दै उनले फेसबुक मार्फत आक्रोश व्यक्त गरेकी हुन् ।

१७ हजार कार्यकर्ता मारेर राजनीति गर्ने तथा सिंगापुरबाट सरकार चलाउने नियम विपरित कार्य भएको भन्दै महरालाई लागू भए सँगै अन्यको पनि नैतिकताको आधारमा राजिनामा हुनु पर्ने भन्दै यस्तोे लेखेकी छिन् ।

आफूले लगाएको जबर्जस्ती करणीको आरोप भोलीपल्टै सच्याएर महरा निर्दोष भएको भन्दै राजीनामा दिन नहुने पक्षमा उनले सांकेतिक अभिव्यक्ती दिएकी छिन् ।