महराले खाएको भनिएको हिमालयन रिजर्भ रक्सी बजारमा हारालुछ, स्टक नै सकियो

Newslaya Home

महराले खाएको भनिएको हिमालयन रिजर्भ रक्सी बजारमा हारालुछ, स्टक नै सकियो

बुधबार १५, असोज २०७६

काठमाडौं । महराले खाएको भनिएको हिमालयन रिजर्भ रक्सी बजारमा हारालुछ हुन थालेको छ ।

शारदा समुहको प्रिमियर अर्गानिक प्रालिले बोटलिङ गर्दै आएको हिमालयन रिजर्भ रक्सी सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउने रोशनी शाहीको कोठामा भेटिए पछि निक्कै चर्चामा आएको हो ।

विदेशबाटै आयात हुने गरेको हिमालयन रिजर्भको मूल्य ३ हजार प्रति लिटर परे पनि अहिले यसको मागमा एक्कासी वृद्धि भएको छ ।
सोमबार बिहानदेखि चर्चामा आएको हिमालयन रिजर्भ हिस्की एकैदिन अधिराज्यभरको डिरलबाट स्टक नै सकिएको प्रिमियर अर्गानिक प्रालिले जनाएको छ ।