कास्कीको मर्दी हिमाल पदयात्रामा एक पर्यटकको मृत्यु

Newslaya Home

कास्कीको मर्दी हिमाल पदयात्रामा एक पर्यटकको मृत्यु

बुधबार १५, असोज २०७६

पोखरा । कास्कीको मर्दी हिमाल पदयात्रामा एक पर्यटकको मृत्यु भएको छ ।

यही असोज १० गते आफ्नो टोलीसहित मर्दी हिमाल बेसक्याम्पबाट हिमालतर्फ गएका ५५ वर्षीय डुंगेटाविसभ सोमाचीको मंगलबार बादलडाँडामा लेक लागेर मृत्यु भएको हो ।
कास्कीको उत्तरी क्षेत्रमा पर्ने ४ हजार ५ सय मिटरको उचाईमा रहेको मर्दी हिमाल पदयात्राका क्रममा बिरामी परेका उनलाई एक होटलमा राखिएको थियो ।


पदयात्राको क्रममा भएका उनलाई लेक लागेपछि तल रहेको होटल ३६० मा ल्याइएको थियो । मंगलबार बिहान सोही होटलमा उनको निधन भएको हो।
एए ७००५६२ पासपोर्ट नम्बर भएको डुंगेटाविसभ सोमाची थाइल्याण्डको रहेको प्रहरीले जनाएको छ ।