धनकुटामा सवारी दुर्घटना हुँदा १४ जना घाईते

Newslaya Home

धनकुटामा सवारी दुर्घटना हुँदा १४ जना घाईते

बुधबार १५, असोज २०७६

धनकुटा । धनकुटाको गुठिटार स्थित सवारी दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

बुधबार दिउँसो धरानबाट धनकुटा तर्फ जाँदै गरेको ना ६ ख ४४८३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका–९ गुठिटारमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि बसमा सवार १४ जना घाईते भएका छन् ।

जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेका घाईतेहरुको अवस्था सामन्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।