सम्राट न्यौपानेको दोस्रो म्युजिक भिडियो ‘बान्नोमा’ सार्वजनिक (भिडियो सहित)

Newslaya Home

सम्राट न्यौपानेको दोस्रो म्युजिक भिडियो ‘बान्नोमा’ सार्वजनिक (भिडियो सहित)

बुधबार १५, असोज २०७६

काठमाडौं । गायक सम्राट न्यौपानेको दोस्रो म्युजिक भिडियो ‘बान्नोमा’ सार्वजनिक भएको छ ।

नेपाल आइडल सिजन–२ को टप–२० सम्म आफ्नो स्थान बनाउन सफल भएका न्यौपानेले पहिलो म्युजिक भिडियो ‘तिम्रो रुपले’ बाट चर्चा कमाउन सफल भएका थिए ।
नेपालको पश्चिम क्षेत्रमा बोलिने बान्नो शब्दको अर्थ पर्खाल हुन्छ । यही ’बान्नोमा’ बोलको गीतले स्वदेश तथा बिदेशीयका लाखौँ नेपालीहरुको मन जित्न सफल भएको छ ।

सरोज केसीद्धारा लिखित ’बान्नोमा’ गीतमा स्वर, संगीत साथै संगीत समायोजन समेत सम्राट न्यौपानेले नै गरेका छन् । विदेश जान पर्ने अवस्थाको यथार्थ चित्रण गर्दै श्रीमान र श्रीमती बीच बाध्यताले छुट्टीनु पर्ने वास्तविकतालाई कारुणिक भावमा प्रस्तुत गर्दै यो भिडियो सार्वजनिक गरिएको हो । हेर्नुस् भिडियोः