मोरङमा जीवन विकास लघुवित्त संस्थाका एक कर्मचारी लुटिए

Newslaya Home

मोरङमा जीवन विकास लघुवित्त संस्थाका एक कर्मचारी लुटिए

बुधबार १५, असोज २०७६

मोरङ । मोरङको कानेपोखरी गाँउपालिका स्थित वित्तिय संस्थाका एक कर्मचारी लुटिएका छन् ।

बुधबार दिउँसोको समयमा जीवन विकास लघुवित्त वित्तिय संस्थाका कर्मचारी जयकिशन गन्गाई लुटिएका हुन् ।
संस्थाको रमाइलो शाखा सहायकका रुपमा कार्यरत उनको मोटरसाइकल र रकम लुटपाट भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार उनको साथमा रहेको रु. १ लाख १७ हजार ३ सय ६० रुपैयाँसहित मोटरसाइकल लुटिएको जनाएको छ ।