बिराटनगर स्थित पानीमा डुबेर १४ महिने नाबालकको ज्यान गयो

Newslaya Home

बिराटनगर स्थित पानीमा डुबेर १४ महिने नाबालकको ज्यान गयो

बुधबार १५, असोज २०७६

बिराटनगर । मोरङको बिराटनगरमा पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

बिराटनगर महानगरपालिका–१७ मटेरुवा घर भएका अशोक ऋषिदेवको १४ महिनाको छोरा सागर ऋषिदेवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मंगलबार साँझको समयमा घर छेउको माछा पोखरीमा खेल्ने क्रममा उक्त घटना भएको थियो ।
बालकलाई तत्काल उद्धार गरी उपचारको लागी कोशी अञ्चल अस्पताल बिराटनग लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।