सन् २०२१ को लागि डीभी खुल्यो

Newslaya Home

सन् २०२१ को लागि डीभी खुल्यो

बुधबार १५, असोज २०७६

काठमाण्डौ । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ । अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत डीभीको लागि आवेदन खोलेको हो ।

डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्ने भनि सूचनामा उल्लेख गरिएको छ ।