सिम्रिक एयरलाइन्सले ६ वटा विमान खरिद गर्दै

Newslaya Home

सिम्रिक एयरलाइन्सले ६ वटा विमान खरिद गर्दै

बुधबार १५, असोज २०७६

काठमाडौं । सिम्रिक एयरलाइन्सले ६ वटा विमान खरिद गर्ने भएको छ । सिम्रिकले अहिले दुईवटा विजक्राफ्ट विमानमार्फत आन्तरिक उडान सेवा प्रदान गर्दै आएको छ।

आन्तरिक उडानमा आक्रमक बजार विस्तार सहित ६ वटा विमान खरिद गर्ने योजना अगाडि सारेको सिम्रिक एयरका बजार व्यवस्थापकले जानकारी दिएका छन् । एयरलाइन्सले ३ वटा टंक रुटमा उडान गर्ने एटिआर र ३ वटा स्टल रुटमा उडान गर्ने सानो विमान खरिद गर्ने प्रक्रिया सुरु गरेको जनाएकाो छ ।

अहिले सिम्रिकले पोखरा, भरतपुर र माउन्टेन उडान गर्दै आएको छ।