मोदीले आज भारतलाई खुला दिसामुक्त देश घोषणा गर्ने

Newslaya Home

मोदीले आज भारतलाई खुला दिसामुक्त देश घोषणा गर्ने

बुधबार १५, असोज २०७६

नयाँ दिल्ली । आज ९बुधबार० भारतमा महात्मा गान्धीको १५० औं र भारतका दोस्रो प्रधानमन्त्री लाल बहादुर शास्त्रीको पनि ११६औं जन्मजयन्ती मनाइँदैछ । सोही अवसरमा मोदीले आज भारतलाई खुला दिसा मुक्त देश घोषणा गर्ने भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहानै राजघाट गएर गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यसपछि लालबहादुर शास्त्रीको समाधीस्थल विजयघाट पुगेर पूर्वप्रधानमन्त्रीलाई मोदीले श्रद्धाञ्जली दिए ।

राजघाटमा मोदीसँगै लोकसभाका अध्यक्ष ओम बिरला, दिल्लीका उपराज्यपाल अनिल बैजल, केन्द्रीय मन्त्री पीयूष गोयल र हरदीप पुरी पनि गएका थिए ।

मोदीले आज बिहानै ट्विट गरेर गान्धीको सपना पूरा गर्न कडा मेहनेत गरिने जनाउँदै मानवताका लागि गान्धीको योगदानको लागि सधै कृतज्ञ रहने जनाएका छन् ।