अरुण नदीबाट तीन हजार मेगावाट बढी विद्युत उत्पादन हुने

Newslaya Home

अरुण नदीबाट तीन हजार मेगावाट बढी विद्युत उत्पादन हुने

बुधबार १५, असोज २०७६

सङ्खुवासभा । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँच वटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने भएको हो ।

पाँच वटा ठूला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ । एक हजार ६१ मेगावाटको अपर अरुण, छ सय मेगावाटको लोवर अरुण, ४३४ मेगावाटको किमाथाङ्का अरुण र चार सय मेगावाटको अरुण ४ को अध्ययन भइसकेको विद्युत् विकास विभागले जनाएको छ ।

नेपालको पानी जनताको लगानी कार्यक्रम समावेश अपर अरुण भोटखोला गाउँपालिकाको चेपुवा र रुकुमाको बीचमा निर्माण हुने भनिएको छ । नेपाल र नेपालीको लगानीबाट सञ्चालन गरिने यो परियोजना केही वर्षभित्रै सुरु हुनेछ ।