बन्दुक समाएको फोटो राख्दै महराका छोराले गरे युद्धमा जाने संकेत

Newslaya Home

बन्दुक समाएको फोटो राख्दै महराका छोराले गरे युद्धमा जाने संकेत

बुधबार १५, असोज २०७६

काठमाडौं । यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै फेरि युद्धमा जाने संकेत गरेका छन् ।

मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् ।

उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।