कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क

Newslaya Home

कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क

बुधबार १५, असोज २०७६

विराटनगर । कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क उपलब्ध गराइएको छ ।

अस्पतालमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन बिरामी आउने गरेका छन् ।

अस्पतालका चिकित्सक डा सरवेशकुमार झा रेबिजविरुद्धको सुई नलगाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताउँछन् । उनले सुई लगाएर सुरक्षित रहन आग्रह समेत गरे ।

रेबिजविरुद्ध चारवटा सुई लगाउनुपर्ने हुन्छ ।

अस्पतालले निःशुल्क लगाउँदै आएको रेबिजविरुद्धको सुई कतिपयले प्रतिसुई रु पाँच सयमा लगाउने गरेको पाइएको छ । रेबिजविरुद्धको सुई लगाउन लापरवाही गरेमा ज्यानै जान सक्ने अवस्था भएपछि अस्पतालमा निःशुल्क बनाइएको डा.झा बताउँछन् ।