घरेलु मैदानमा ब्रुगसँग बराबरीमा रोकियो रियल मड्रिड

Newslaya Home

घरेलु मैदानमा ब्रुगसँग बराबरीमा रोकियो रियल मड्रिड

बुधबार १५, असोज २०७६

काठमाडौं । समूह चरणको पहिलो खेलमा पिएसजीसँग पराजित भएको स्पेनिस क्लब रियल मड्रिड दोस्रो खेल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल मड्रिड ब्रुगसँग २–२ को बराबरीमा रोकिएको हो ।

खेलको अन्तिममा केही समय १० खेलाडीमा सीमित भएको क्लब ब्रुगले घरेलु टोलीलाई रोक्न सफल भयो । रियल मड्रिडले पहिलो हाफमै दुई गोल खाएको थियो । क्लब ब्रुगका लागि नवौँ र ३९ औँ मिनेटमा इम्यानुएल डेनिसले गोल गरेका थिए ।

रियल मड्रिड दोस्रो हाफमा खेलमा फर्किएको हो । उसका लागि ५५ औँ मिनेटमा सर्जियो रामोसले गोल गरे । ८४ औँ मिनेटमा भोर्मेर दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्लब ब्रुग १० खेलाडीमा सीमित भयो ।

त्यसको एक मिनेटपछि रियल मड्रिडका लागि कासेमिरोले बराबरी गोल गरे । बराबरीपछि दुई खेलबाट एक अंक जोडेको रियल मड्रिड समूह ए को अन्तिममा छ ।