जापानले एक हजार भन्दा बढि नेपाली कामदार लग्ने

Newslaya Home

जापानले एक हजार भन्दा बढि नेपाली कामदार लग्ने

बुधबार १५, असोज २०७६

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट एक हजार केयरभिगरको लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित एक हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले एक हजार मात्र नेपालीलाई केयरभिगरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौँस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध गरिएको बताए ।

जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउँदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा एक हजारभन्दा बढी युवा लैजाने जनाएको छ ।