इटहरीमा दिन दहाडै खुकुरी नचाउदै काट्न खोज्ने चार जना पक्राउ

Newslaya Home

इटहरीमा दिन दहाडै खुकुरी नचाउदै काट्न खोज्ने चार जना पक्राउ

मङ्गलबार १४, असोज २०७६

इटहरी । इटहरीमा दिन दहाडै खुकुरी लिएर लखेट्ने चार जनाको समुहलाई प्रहरीले पक्राउ गरेकोछ ।

आइतबार दिउँसो इटहरी ९ बाट इटहरी ८ बस्ने २० वर्षको गोरे भन्ने अनिष सुबेदी, १९ वर्षको दोर्जे वाईबा, २० वर्षको शिशिर बस्नेत र बोकी घिमिरेलाई नियन्त्रणमा लिइएको हो ।

इटहरी १० बस्ने सागर तामाङलाई आइतबार दिउँसो सो समुहले खुकुरी लिएर लखेट्दै गर्दा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट खुकुरी बरामद भएको छ भने अन्य दुई जना फरार रहेकोले खोजि कार्य जारी रहेको जानकारी दिइएको छ । गोरे भन्ने अनिष सुबेदी यो भन्दा अगाडी खुकुरी प्रहरी गरी ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी धरौटीमा छुटेका थिए ।
इटहरीमा गुण्डागर्दी गरी मानिसहरुलाई डर, धाक, धम्की देखाई पैसा उठाउने इटहरी ६ का ३२ वर्षिय अबिनाश लिम्बुसमेत पक्राउ परेका छन् ।

यस भन्दा अगाडी ज्यान मार्ने उद्योग मुद्दामा १ लाख धरौटी राखी तारेखमा छुटेका थिए ।