सस्तो र गुणस्तरीय सामानको लागि तरहरामा खुल्यो सहकारी पसल

Newslaya Home

सस्तो र गुणस्तरीय सामानको लागि तरहरामा खुल्यो सहकारी पसल

मङ्गलबार १४, असोज २०७६

इटहरी । इटहरीस्थित सगुन कृषि सहकारीले इटहरीको तरहरामा ‘सगुन कोप सप’ सञ्चालनमा ल्याएको छ ।

असोज १६ गतेदेखि सर्वसाधारणको लागि खुला हुने उक्त सहकारी पसलमा खाद्यान्न तथा घरायसी सामानहरु सुलभ र सुपथ मुल्यमा किन्न पाइने दावी गरिएको छ ।

बजारमा गुणस्तरहीन सामानहरु बढी मूल्यमा किनबेच भइरहेको र त्यसले उपभोक्तालाई नकारात्मक असर गरेकोले उपभोक्ताको हितका लागि पसल सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष टिकादत्त वनले जानकारी दिए ।

‘तपाइकै सहकारी : तपाईकै पसल : तपाईकै मुनाफा’ नाराका साथ सञ्चालनमा ल्याएको पसलले सहकारीका दुई हजार सदस्यहरुलाई मालिक बनाउने उनले बताए । पसल सञ्चालनबाट भएको नाफा पछि सहकारीका सदस्यहरुलाई नै लाभांशको रुपमा फिर्ता गरिनेछ ।

दशैं र तिहारमा विशेष छुट र प्रत्येक एक हजार रुपैयाको खरिदमा उपहार कुपनकोसमेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

उनले चाँडै नै वार्षिक ग्राहकको डिस्काउन्ट कार्ड, फास्टफुड क्याफे, होम डेलिभरीको सेवा, कृषि उत्पादनका लागि विशेष कार्यक्रम लागु गर्ने, थोक बिक्रि सुरु गर्ने जस्ता योजनासमेत रहेको जानकारी दिए । त्यसका साथै विभिन्न ठाउँहरुमा तीव्रताका साथ शाखा विस्तार गर्ने योजनामा समेत रहेको बताए ।
अध्यक्ष वनले दुई वर्षभित्र सुनसरीभरी ५० वटा यस्ता पसल खोल्ने लक्ष्य रहेको समेत जानकारी दिए ।

1 प्रतिकृयाहरू प्राप्त
  • madhu chaudharyलेख्नुहुन्छ
  • |
  • बुधबार १५, असोज २०७६
jkhjgh