जन्मदिनमा बाल आश्रमलाई ७५ हजार रुपैया बराबरको सिसिक्यामेरा

Newslaya Home

जन्मदिनमा बाल आश्रमलाई ७५ हजार रुपैया बराबरको सिसिक्यामेरा

मङ्गलबार १४, असोज २०७६

इटहरी । इटहरीस्थित निःसहाय बाल आश्रममा ७५ हजार रुपैया बराबरको सिसिटिभी जडान गरिएको छ ।

इटहरीका युवा व्यवशायी दिपेश मित्तलले आफ्नो जन्मदिनको अवसर पारेर सिसिटिभी जडान गरिदिएका हुन् ।

केही समयअघि उनले त्यहाँका बालबालिकालाई खेल्नको लागि ५५ हजार रुपैया बराबरको खेलौना साइकल दिएका थिए । आश्रम भित्रैबाट साइकल हराएपछि उनले सिसिटिभी जडान गरिदिएका हुन् ।